चितवनमा ‘ए मेरो हजुर २’को क्रेज (फोटोफिचर)

चितवनमा ‘ए मेरो हजुर २’को क्रेज (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ १६ मा रिलिज हुने सिनेमा ‘ ए मेरो हजुर २’ अहिले मोफसल प्रचारमा छ । हेटौडा देखि मोफसल प्रेसमिट र कन्सर्ट थालेको सिने टिमले विहिबार चितवनमा दर्शक माँझ साक्षात्कार गर्यो ।

बिहान चितवनमा प्रेसमिट गरेको टिमले दिउसो भर चितवनका दर्शकसँग तीज सेलेब्रेसन गर्यो । ‘ए मेरो हजुर २’सँग तीज मनाउन हजारौ दर्शकको उपस्थिति रह्यो । दर्शकले सिनेमाको टिमसँग ‘ए मेरो हजुर २’का हिट गीत गाउँदै रमाईलो गरे । युवा दर्शक माँझ राम्रो क्रेज बनाएकी साम्राज्ञीलाई हेर्न दर्शकको भिडले सिनेमा प्रतिको प्रतिक्षा प्रष्ट हुन्थ्यो ।

 

मोफसल दौडाहमा रहेको ‘ए मेरो हजुर २’ टिम चितवन, बुटवल, पोखरा हुदैं राजधानी भित्रिनेछ । निक्कै प्रतिक्षा गरिएको यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ ।