फाटेको जुत्ता: ‘आई एम सरी…’ गीत रिलिज (भिडियो)

फाटेको जुत्ता: ‘आई एम सरी…’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक १७ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल, प्रियंका कार्की र कामेश्वर चौरसिया फिचरिङ छन् ।

गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । अर्जुन कुमार फिल्मसको व्यानरमा निर्मित ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । कमेडी जनराको यस सिनेमामा निकेश खड्काको निर्देशन छ ।

सिनेमामा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । ‘फाटेको जुत्ता’मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ ।