वीर बलभद्र कुँवरको कथामा बन्ने ‘नालापानी’ घोषणा !

वीर बलभद्र कुँवरको कथामा बन्ने ‘नालापानी’ घोषणा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । नेपाल-अंग्रेज लडाईको नालापानी युद्दमाथि आधारित रहेर नेपाली सिनेमा ‘नालापानी‘ बन्ने भएको छ । राजधानीमा एक प्रेसमिट गर्दै रिमेश अधिकारीले निर्देशन गर्ने एतिहाँसिक घटनामा बन्ने सिनेमाको अफिसियल घोषणा गरियो ।

सन् १८१६मा ब्रिटिश अंग्रेजले आफ्नो साम्राज्य फैलाउने क्रममा नेपालको पश्चिम दक्षिणमा रहेको ‘नालापानी‘मा आक्रमण गरेको थियो । त्यस बखत नेपालको तर्फबाट सिमित स्रोत साधन र सिपाहीका साथ युद्द मैदानमा उत्रिएका कप्तान वीर बलभद्र कुँवरले पराजय भोगेका थिए । तर, पनि नेपालीले देखाएको वीरता प्रति ब्रिटिश सैनिकले प्रशंशा गर्दै बलभद्र कुँवरको बहादुरी प्रति विश्वभर चेतना फैलाएको थियो ।

नेपालले पराजय भोगेको ‘नालापानी‘ नेपाल-भारतको सुगौलि सन्धी पश्चात अहिले भारतको देहरादुनमा पर्छ । यहिँ ‘नालापानी‘ युद्द माथि बन्ने सिनेमाको लगानी ९ करोड पुग्ने बताइएको छ । सिनेमामा अर्जुन जंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह, विकेश श्रेष्ठ, विशाल पहाडी, बिष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु श्रेष्ठ, प्रनिशा शाक्य, कृष्णा आचार्य, तुलासा थापा लगायतका कलाकारले अभिनय गर्नेछन् ।

सम्राट शाक्य कार्यकारी निर्माता रहेको सिनेमामा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । सिनेमाको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्धन्द्ध निर्देशक हुन् ।