प्रकृतिमा पल र आँचलको लोभलाग्दो केमेस्ट्री (भिडियो)

प्रकृतिमा पल र आँचलको लोभलाग्दो केमेस्ट्री (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ ३० गते प्रदर्शन हुने सिनेमा ‘जोनी जेन्टलम्यान’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘जब जब तिम्रो साथ…’ बोलको रोमान्टिक नम्बरमा कलाकारद्वय पल शाह र आँचल शर्माको लोभलाग्दो केमेस्ट्री देखिएको छ ।

राजधानीमा एक प्रेसमिट गरेर सिनेमाले नयाँ रोमान्टिक नम्बर सार्वजनिक गर्दै पत्रकारसँग भलाकुसारी गर्यो । अर्जुन पोखरेलको शब्द/संगीत र संयोजनमा तयार गरिएको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ । ‘चिरबिर चिरबिर चाँचरी’ गीतको भिडियो निर्देशन गरेर चर्चामा आएका प्रविन सिंहले यो गीतको भिडियो निर्देशन गरेका हुन् ।

नितिन चन्द निर्देशित सिनेमाले केहि दिन अगाडी सिनेमाको ट्रेलर पनि रिलिज गरेको थियो । दर्शकको राम्रो प्रतिक्रियाका साथ ट्रेलर अहिले युट्युबको ट्रेन्डीङमा यथावत छ । सिनेमाको प्रदर्शन मिति निजिकिदै गर्दा टिमले प्रचार-प्रसारमा रेस बढाएको छ ।

सिनेमामा रुपेश थापाको छायाँकन, नविन निरौलाको सम्पादन, पारसविक्रम शाहको एक्सन र महेश दवाडीको पटकथा संवाद छ । सिनेमामा एनड्रिउ पौडेल र अजय मल्लको   लगानी रहेको छ ।