‘ठमेल बजार’लाई पनि २ करोड भ्यु, ‘कुटुमा कुटु’ले तोड्ला त ‘सुर्के थैली’को रेकर्ड ?

‘ठमेल बजार’लाई पनि २ करोड भ्यु, ‘कुटुमा कुटु’ले तोड्ला त ‘सुर्के थैली’को रेकर्ड ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्लो समय नेपाली सिनेमाका गीत राम्रा बन्न थालेका छन् । फिल्मकर्मीले पनि सिनेमाको लागि गीत तयार पार्दा मेहनत गर्न थालेकोले पनि गीतले दर्शकको मन जित्न थालेका छन् ।

युट्युबमा अहिले सर्वाधिक हेरिने भनेकै सिने गीत हो । युट्युबमा नेपाली सिनेमाका गीत करोड, २ करोड बढी हेरिन थालेका छन् । युट्युबमा सर्वाधिक हेरिने नेपाली भिडियोमा ‘सुर्के थैली’ बोलको गीत पर्छ । यो समाचार तयार पार्दा सम्म २ करोड भन्दा बढी पटक हेरिने यो मात्र एक नेपाली भिडियो थियो ।

अब, भने २ करोड भ्यु पाउँने भिडियोमा ‘ठमेल बजार’ बोलको गीत पनि थपिएको छ । युट्युबमा रिलिज भएको करिब १० महिनामै गीतले २ करोड भ्यु क्रस गरेको छ । सिनेमा ‘लूट २’मा समावेश गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा मीना निरौला, भानुभक्त ढकाल र कालीप्रसादकै स्वर छ । गीतमा विक्रम स्वारले कोरियोग्राफी गरेका छन् ।

युट्युबमा २ करोड भन्दा बढी भ्यु पाउँने यी दुई मात्र गीत हुन् । सिनेमा ‘वडा नम्बर ६’मा समावेश ‘सुर्के थैली’को भ्यु २ करोड १५ लाख छ । तर, ‘ठमेल बजार’ उक्त गीतको भ्युलाई केहि महिनामै उछिन्न्न सक्छ । साथै सिनेमा ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ले यी दुई गीतको रेकर्ड तोड्ने रेसमा भ्यु पाईरहको छ । युट्युबमा रिलिज भएको ५ महिना नबित्दै गीतले १ करोड ९० लाख बढी भ्यु पाईसकेको छ ।

‘सुर्के थैली’ भन्दा ‘कुटुमा कुटु’को भ्यु २५ लाख कम छ । त्यस्तै ‘ठमेल बजार’ १५ लाख पछाडी छ । अब हेर्न बाँकी छ कुन गीतले पहिला ‘सुर्के थैली’को रेकर्ड तोड्न सक्छ ?

२ करोड भ्यु पाउँने दोस्रो भिडियो

सर्वाधिक हेरिएको नेपाली भिडियो 

सर्वाधिक छिटो धेरै हेरिएको भिडियो