मल्टीप्लेक्समा ‘ए मेरो हजुर २’लाई सर्वाधिक शोज, विहिबार हुनेछ ग्रान्ड प्रिमियर !

मल्टीप्लेक्समा ‘ए मेरो हजुर २’लाई सर्वाधिक शोज, विहिबार हुनेछ ग्रान्ड प्रिमियर !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यहिँ शुक्रबार देखि प्रदर्शनमा आउँन लागेको सिनेमा ‘ए मेरो हजुर २’को लागि अग्रिम बुकिङ खुल्ला गरिएको छ । वर्षकै बहुप्रतिक्षित सिनेमालाई मल्टीप्लेक्समा सर्वाधिक शोज मिलेका छन् ।

देशकै ठुलो मल्टीप्लेक्स ‘क्युएफएक्स’ले सिनेमालाई देशैभर ३० शोज दिएको छ । राजधानीका ‘क्युएफएक्स’ अन्तर्गतका पर्दामा मात्र ‘ए मेरो हजुर २’ले १६ शोज पाएको छ । त्यस्तै ‘एफक्युब’ले १२ शोज उपलव्ध बनाएको छ । सिडिसी सिनेमाज ८ शोज, विएसआर ७, बिग मुभिज ७, र क्युजले ५ शोज दिएको छ । आज १ बजे देखि गरिएको बुकिङ आक्रामक भएमा अन्य शोज पनि थपिने वितरक गोविन्द शाहीले जानकारी दिएका छन् ।

क्युएफएक्स अन्तर्गत उपत्यकाका पर्दा

मोफसल वितरणको जिम्मा लिएका मनोज राठीका अनुसार यो सिनेमा देशभर ९० बढी हलमा रिलिज हुनेछ । अग्रिम बुकिङ र हल संख्यामा झरना थापा निर्देशित सिनेमाले बलिउडको ‘बादशाहो’लाई उछिनेको छ । यस रोमान्टिक लभस्टोरीको विहिबार कुमारी हलमा भव्य रेड कार्पेट प्रिमियर हुदैछ ।

‘ए मेरो हजुर २’लाई सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेका हुन् । संजय लामाले खिचेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, बुद्दी तामाङ, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।