anmol jasita

अमेरिकाका राजवल्लभले गरे इन्गेजमेन्ट !

अमेरिकाका राजवल्लभले गरे इन्गेजमेन्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कुनै समयका चर्चित अभिनेता राजवल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । अमेरिकामा बस्दै आईरहेकी झापा निवासी प्रतिमा विमलीलाई राजले आफ्नी जीवनसंगिनी चुनेका हुन् ।

राजवल्लभ आफैले विहेको बारेमा जानकारी नदिए पनि उनका सहकर्मी साथी, आफन्तजनले राजलाई बधाई दिदै सामाजिक संजालमा तस्विरहरु शेयर गरेका छन् ।

इन्गेजमेन्ट भएपनि विवाह कहिले हुने भन्ने कुरा वाहिरिएको छैन । लामो समय अफेयरमा रहेका राज र प्रतिमाले आफ्ना परिवार र आफन्तको उपस्थितिमा औंठी साटासाट गरेका थिए ।

सिनेमा ‘पर्खी बसे’बाट नेपाली सिनेमामा इन्ट्री गरेका राज पोखरा निवासी हुन् । आफ्नो अभिनय क्षमताबाट दर्शकको मन जितेका राजले २ दर्जन बढी सिनेमामा अभिनय गरिसकेका छन् । ‘पर्खी बसे’, ‘छोडीगए पाप लाग्ला’, ‘किन लाग्छ माया’, ‘६ एकान ६’ लगायतका हिट सिनेमामा अभिनय गरेका राजले ‘अपवाद’, ‘स्वर’, ‘पल’, ‘मसान’ लगायतका सिनेमामा गरेको अभिनयबाट तारिफ बटुलेका थिए ।

हलिउड सिनेमा ‘हाईवे टु धम्पुस’मा अभिनय गरे पश्चात अमेरिका पुगेका राज त्यसयता नेपाली सिनेमामा देखा परेका छैनन् ।

अभिनेता राजवल्लभलाई सुखद वैवाहिक जीवनको हार्दिक शुभकामना ।