anmol jasita

नेपाल आइडलमा के के गरे पल र आँचलले ? (भिडियो)

नेपाल आइडलमा के के गरे पल र आँचलले ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ ३० गते रिलिज हुन् लागेको सिनेमा ‘जोनी जेन्टलम्यान’ पछिल्लो साता सर्वाधिक चर्चामा छ । यो सिनेमामा पल शाह र आँचल शर्माले दोस्रो पटक स्क्रिन शेयर गरेका छन् । ‘नाइँ नभन्नु ल ४’बाट सिनेमा क्षेत्रमा पाईला चालेका यी दुई कलाकार सिनेमाको प्रचारमा निकै सक्रिय भैरहेका छन् ।

युवापुस्ता माँझ लोकप्रिय बनेको यो जोडीलाई करिब २ वर्षको अन्तराल पछी पर्दामा हेर्न दर्शक उत्सुक छन् । त्यसैले यी दुई शुक्रबार देशकै सर्वाधिक चर्चित रियालिटी शो ‘नेपाल आइडल’मा ‘सेलेब्रेटी गेस्ट’ बन्न पुगे । चर्चाको शिखरमा रहेको ‘नेपाल आइडल’मा जब यो जोडी पुग्यो तव माहोल तातियो । जज र प्रतिस्प्रधीका नजर हरेक पटक पल र आँचल तिर पुग्थ्ये ।

ह्याण्डसम पल र ब्युटी आँचलले शो भरि मनोरन्जन गरे । कार्यक्रम प्रस्तोता सुशील नेपालले सोधेको ‘जेन्टलम्यान के हो ? भन्ने प्रश्नमा आँचलले नेपाल आइडलको प्रशंसा गर्दै जज, प्रतिस्प्रधी, प्रस्तोता र दर्शकनै आफ्नो लागि ‘जेन्टलम्यान’ रहेको भनाई प्रस्तुत गरिन । ‘जसले सबैको मन जित्न सक्छ, उ नै जेन्टलम्यान हो । र, अहिलेको सन्दर्भमा नेपाल आइडलले सबैको मन जित्न सफल भएको छ ।’ उनले भनिन् ।

कार्यक्रममा पल शाहले ‘जोनी जेन्टलम्यान’को गीत गाउँदा प्रतिस्प्रधी प्रताप दास र अभिनेत्री आँचल शर्माले कम्मर मर्काएका थिए । टप ४ प्रतिस्पर्धीको इल्मिनेसन राउण्ड निक्कै प्रतिक्षित एपिसोड थियो । यो एपिसोड युट्युबमा मात्रै ८० हजारले लाइभ हरेक थिए ।

नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ले प्रेमकथा प्रस्तुत गर्छ । यसअघि ‘नाइँ नभन्नु ल ४’ र ‘म यस्तो गीत गाउँछु’ हिट दिईसकेका पलको यो तेस्रो सिनेमा हो । भने, ‘नाइँ नभन्नु ल ४’ पछी आँचलले अभिनय गरेको यो दोस्रो सिनेमा हो । सिनेमामा एनड्रिउ पौडेल र अजय मल्लको लगानी रहेको छ ।

https://youtu.be/geLt-4CgLco