‘जोनी जेन्टलम्यान’ रिलिज भएकै दिन पल र आँचललाई अर्को सिनेमा

‘जोनी जेन्टलम्यान’ रिलिज भएकै दिन पल र आँचललाई अर्को सिनेमा

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पल शाह र आँचल शर्मा अभिनित सिनेमा ‘जोनी जेन्टलम्यान’ आजबाट प्रदर्शनमा आएको छ । यी दुईले सँगै अभिनय गरेको दोस्रो सिनेमा रिलिज भएकै दिन यो जोडीलाई लिएर नयाँ सिनेमाको घोषणा गरिएको छ ।

बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ  र हरिवंश आचार्यले निर्माण गर्ने ‘सत्रुगते’का लागि यी दुई अनुबन्धित भएका हुन् । महसंचारको प्रस्तुतीमा निर्माण हुने सिनेमालाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्नेछन् ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी/प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य/प्रदीप भट्टराईकै संवाद रहने सिनेमाका कार्यकारी निर्माताको रुपमा किरण केसी रहेका छन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल पनि सिनेमाका निर्माताहरु हुन् ।

सिनेमामा पल र आँचलका अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ । पल र आँचलले ‘नाइँ नभन्नु ल ४’बाट डेब्यु गरेका थिए ।

कविराज गहतराजको नृत्य  राजनराज सिवाकोटीको गीत/संगीत र दिर्घ गुरुङको छायाँकन रहने सिनेमालाई छठ पछाडी काठमाडौँ र तराईको विभिन्न स्थानमा छायाँकन गरिने बताइएको छ ।