असोज ११ मा ‘मेरो पैसा खोई’

असोज ११ मा ‘मेरो पैसा खोई’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ३ गतेको डेटबाट असोज ११ गते रिलिज हुने सिनेमाका लागि पब्लिसिटी गर्न जम्मा ७ दिन बाँकी रहनेछ । र, जम्मा ७ दिने पब्लिसिटीको भरमै सिनेमा ‘मेरो पैसा खोई’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

अब रोज राणाले निर्माण निर्देशन गरेको ‘मेरो पैसा खोई’ असोज ११ मै आउने पक्का भएको छ । ‘यो डेट बाट हामि पछी हट्ने छैनौ । दर्शकहरु ढुक्क भए हुन्छ ‘मेरो पैसा खोई’ निर्धारित मितिमै रिलिज हुनेछ ।’ वितरक सुनिल मानन्धरले जानकारी दिए ।

यस्तै भोली देखि नै प्रचारमा उत्रिने जानकारी दिदै यो मितिबाट आफुहरु पछाडी नहट्ने निर्माता राणा अडान लिए । चार गते सिनेमाको पहिलो गीत सार्वजनिक हुनेछ । निर्माण टिमले केहि साता अगाडी कार्तिक ९ लाई प्रदर्शन मिति तोकेको थियो ।

कमेडी जनराको यस सिनेमामा सौगात मल्ल, रबिन तामांग , छुल्ठिम गुरुगं, बुद्धि तामांग, बर्षा राउत लगायत कलाकारहरुको अभिनय छ । असोज ११ को मितिमा दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा २’ पनि रिलिज हुदैछ ।