प्रियंकाको छोटो चोलीमा सारा शहरको फोकस ! (भिडियो)

प्रियंकाको छोटो चोलीमा सारा शहरको फोकस ! (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ कार्तिक १७ गते रिलिज हुने सिनेमा ‘फाटेको जुत्ता’को नयाँ गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक प्रेसमिट गरेर निर्माण युनिटले प्रतिक्षित ‘चोली…’ बोलको गीत सार्वजनिक गर्यो ।

कविराज गहतराजले कोरियोग्राफी गरेको आइटम गीतमा प्रियंका कार्कीले हट डान्स प्रस्तुत गरेकी छन् । प्रियंकालाई सौगातले कम्मर मर्काएर साथ दिएका छन् । यसअघि सिनेमामा समावेश ‘सरि…’ बोलको गीत सार्वजनिक भैसकेको छ । जुन गीतले चर्चा र माया पायो । बुधबार गरिएको प्रेसमिटमा निर्माण टिमले ‘सरि…’ गीतको २० लाख भ्यु सेलेब्रेसन गर्दै पत्रकार माँझ विजय दशमीको शुभकामना आदानप्रदान गर्यो ।

शंकर थापाले संगीत भरेको गीतमा मिना निरौला र संगीतकार स्वयम्को स्वर छ । डिपी खनालको शब्द सिर्जना रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । निकेश खड्का निर्देशित सिनेमामा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ ।

अर्जुन कुमार प्रोडक्सनको व्यानरमा अर्जुन कुमारले निर्माण गरेको सिनेमा भित्र निरज कँडेलको छायाँकन, दिर्घ खड्काको सम्पादन, प्रवेश मल्लिक र शंकर थापाको संगीत छ ।