दशैं आयो !

दशैं आयो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आज मिति २०७४ साल असोज ५ गते आश्विन शुक्लप्रतिपदा ‘घटस्थापना’बाट यस वर्षको बडादशैं सुरु भएको छ ।  आजकै दिनबाट नेपाली हिन्दधर्मालम्बीहरुले माता भगवतीलाई मन पर्ने बनस्पति ‘जमरा’ राखेर दशैंको सुरुवात गर्छन् ।

नेपाली हिन्दुहरुको महान चाड भएकोले दशैंलाई सबै बर्गका मानिसले उत्तिकै चाखका साथ लिन्छन ।  द सिनेमा टाइम्सको तर्फबाट नेपाली सिनेमा क्षेत्रसँग आवद्द सम्पूर्ण सिनेकर्मी, संचारकर्मी र शुभचिन्तकहरुमा दिर्घायु, सुस्वास्थ्य, तथा उत्तरोउत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । 

दशैँ आभास हुने यी दुई गीत हेर्नुहोस्:-

दशैं आयो (मुगलान): १ दशक अघि प्रदर्शनमा आएको सिनेमा ‘मुगलान’मा समावेश यो गीत नबजिकन दशैं आएको भान हुदैन ।  नेपाली संगीत क्षेत्रमा दशैंको गीत सम्झिनु पर्दा यो गीतनै अग्रपंतिमा आउछ ।  लोकनाथ थापाको शब्द/संगीतमा तयार भएको यो गीतमा उदितनारायण झा र दीपा झाको स्वर छ ।  स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको यस सिनेमामा दीलिप राईमाझी, झरना थापा, सुशील क्षेत्री, विपना थापा, रमित ढुंगाना, मिथिला शर्मा, लक्ष्मी गिरी, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

दशैं तीहार: नेपाली संगीतका लोकप्रिय गायक सुगम पोखरेल संगीत र स्वरमा तयार भएको यस गीतले पनि दशैं आएको भान हुन्छ ।  नेपाली सिनेमाका थुप्रै गीत गाईसकेका सुगम यो गीतको भिडियो आफै पनि फिचरिङ भएका छन् ।  रवी श्रेष्ठको शब्द सिर्जनामा तयार भएको यस गीतमा निरज, संजीव, कुशल र अस्मिताले अभिनय गरेका छन् ।