‘पद्मावती’को पहिलो मुहार, सिनेमा भित्र रणवीर वाईसेक्सुअल पुरुष !

‘पद्मावती’को पहिलो मुहार, सिनेमा भित्र रणवीर वाईसेक्सुअल पुरुष !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडको बहुप्रतिक्षित सिनेमा ‘पद्मावती’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । संजयलीला भन्साली निर्देशित सिनेमाले नवरात्रीको सुरुवात सेलेब्रेसन गर्दै दीपिका चित्रित पोस्टर सार्वजनिक गरेको हो ।

 

सिनेमामा दीपिका रानी ‘पद्मावती’को भूमिकामा छिन् । त्यस्तै साहिद कपूरले रानी ‘पद्मावती’को पति राजा रत्नरावल सिंहको भूमिका निर्वाह गरेका छन् । त्यस्तै भन्सालीको  सिनेमामा तेस्रो पटक अभिनय गरेका रणवीर सिंहले सिनेमा भित्र अलाउद्दीन खिलजीको भूमिका निर्वाह गरेका छन् ।

स्रोतका अनुसार सिनेमा भित्र रणवीर वाईसेक्सुअल पुरुषको रुपमा प्रस्तुत भएका छन् । अलाउद्दीन खिलजी महिला/पुरुष दुवै तिर आकर्षित थिए । तर, सिनेमाको  केन्द्रिय द्वन्द पद्मावती, रत्नरावल र अलाउद्दीनको त्रिकोणात्मक प्रेमकथासँग जोडिएको छ ।

 

बिग बजेटको ‘पद्मावती’ भन्सालीले निर्देशन गरेको नवौ सिनेमा हो । ‘खामोशी- द म्युजिकल’बाट निर्देशनमा डेब्यु गरेका भन्सालीले ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘सावरिया’, ‘गुजारिस’, ‘ब्ल्याक’, ‘रामलीला’, र ‘बाजिराव मस्तानी’ जस्ता मोस्ट अवार्ड विनिंग सिनेमा दिईसकेका छन् । सिनेमाको नयाँ रिलिज डेट डिसेम्बर १ तोकिएको छ । यसअघि सिनेमा नोभेम्बरमा रिलिज हुने हल्ला बाहिरिएको थियो ।