‘ऐश्वर्य’ ट्रेलर: चार कलाकारको केन्द्रिय द्वन्द (भिडियो)

‘ऐश्वर्य’ ट्रेलर: चार कलाकारको केन्द्रिय द्वन्द (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक ९ गते रिलिज हुने सिनेमा ‘ऐश्वर्य’को ट्रेलर रिलिज गरिएको छ । अभिनेता रमेश उप्रेतीको निर्माण तथा अभिनय रहेको ‘ऐश्वर्य’लाई सिनेमा क्षेत्रको लागि आशाका रुपमा हेरिएको छ ।

सांगीतिक लभस्टोरी सिनेमाको ट्रेलरमा रमेश उप्रेती, केकी अधिकारी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, र नव-प्रस्तुति दीपिका प्रशांईलाई हाईलाईट गरिएको छ । पर्दामा अभिनेता रमेश उप्रेती र अर्जुन श्रेष्ठको लामो समय पछी कमब्याक भएको छ ।

सिनेमामा सुदीप बरालको छायाँकन, अर्जुन पोखरेलको संगीत र तेंजु योन्जनको कोरियोग्राफी छ । वैष्णोदेवी फिल्मसको व्यानरमा निर्माण भएको सिनेमामा अर्जुन श्रेष्ठ, किरण राणा र निर्मल शर्माले लगानीमा सहकार्य गरेका छन् । सिनेमाको ‘तिमी रोएको पल…’ बोलको गीत चाटबस्टरमा हिट भैसकेको छ ।