सकस: ‘विस्तारै विस्तारै गीत रिलिज (भिडियो)

सकस: ‘विस्तारै विस्तारै गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । कार्तिक २४ लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘सकस’को गीत सार्वजनिक भएको छ । ‘बिस्तारै बिस्तारै…’ बोलको गीतमा सुन्दर श्रेष्ठ र महिमा सिलवाल प्रस्तुत छन् ।

चेतन सापकोटाको संगीत रहेको गीतमा राई नविन र करुणा हमालको स्वर छ । शहदेव ढुंगानाको शब्द सृजना रहेको गीतलाई समीर मियाले कोरियोग्राफी गरेका हुन् ।

एनबी महर्जन निर्देशित सिनेमामा सुन्दर र महिमाका अलावा सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारको अभिनय छ । सिनेमाका निर्माता सुन्दर स्वयम् हुन् ।