‘लाखे भाजु’बाट अशिष्माको निर्माणमा डेब्यु

‘लाखे भाजु’बाट अशिष्माको निर्माणमा डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ पछिल्लो समय नेपाली अभिनेत्रीहरु लगालग निर्माणमा जुट्न थालेका छन् । निर्माणमा आए पनि केहि अभिनेत्रीले मात्र सफलता हात पारेका छन् ।

महिना अघि मात्र अभिनेत्री निता ढुंगानाले प्रोडक्सन हाउस लन्च गर्दै सिनेमा निर्माणमा जुट्ने घोषणा गरिसकेकी छन् । रेखा थापा, झरना थापा, छुल्ठिम गुरुङ, पूजा शर्मा, ऋचा शर्मा, नम्रता श्रेष्ठ लगायत थुप्रै अभिनेत्रीले सिनेमा निर्माण गरिसकेका छन् ।

यस्तैमा अभिनेत्रीबाट निर्मात्री अशिष्मा नकर्मी पनि अब निर्मात्री बन्ने भएकी छन् । मंगलबार राजधानीमा एक प्रेसमिट गर्दै आफुले निर्माण गर्ने सिनेमा ‘लाखे भाजु’को बारेमा यी अभिनेत्रीले जानकारी दिईन । एउटा अचम्मको प्रेमकथा रहने सिनेमा नेपाल भाषामा निर्माण हुनेछ । ‘अभिनयमा जस्तै निर्माणमा पनि सबैको साथ र माया पाउने आशा गरेकी छु ।’ अशिष्माले भनिन् ।

निर्माता प्रदीपकुमार उदयको परिकल्पनामा निर्माण हुने ‘लाखे भाजु’मा आर्यम नकर्मीको लेखन तथा निर्देशन रहनेछ । नरेन्द्र महर्जन र गोपालकाजी कायस्थको लगानी रहने सिनेमा ५० लाखको बजेटमा निर्माण हुनेछ ।

‘लाखे भाजु’मा अशिष्मासँगै सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमा भित्र सुसन प्रजापतिको छायाँकन र मनराजा नकर्मीको संगीत रहने बताइएको छ ।