लुइस फोन्सीको अनौठो रेकर्ड !

लुइस फोन्सीको अनौठो रेकर्ड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘डिस्पाचियो’ विश्वकै सर्वाधिक लोकप्रिय गीत बनेको छ । युट्युबमा विभिन्न रेकर्ड राखको यो गीतले अक्टुबर १२ अर्थात रिलिज भएको ठ्याक्कै ९ महिनामा ४ विलियन भ्युज प्राप्त गरेको छ ।

२०१७ को जनवरी १२ मा रिलिज भएको यो स्पेनिस गीत युट्युबमा ४ विलियन (४ अर्व ‘नेपाली’) भ्यु पाउने पहिलो गीत समेत बनेको छ । ३ विलियन भ्यु पाउने समेत पहिलो गीतको अबको माइलस्टोन ५ विलियन रहेको छ ।

जुन गतिमा यो गीतले भ्युज प्राप्त गरिरहेको छ । ५ विलियन भ्युजको लागि निक्कै सहज देखिन्छ । लुइस फोन्सीको यो गीतमा ड्याडी एंकी पनि फिचरिङ छन् । यो गीतको रेकर्ड तोड्नलाई अन्य गीतलाई निक्कै सकस पर्ने देखिएको छ ।

यो समाचार तयार गर्दासम्म ‘डिस्पाचियो’लाई ४ विलियन १.३ मिलियन बढी पटक हेरिएको छ ।