बहुप्रतिक्षित सिनेमाका दुई बिग न्युज !

बहुप्रतिक्षित सिनेमाका दुई बिग न्युज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आउँदो डिसेम्बरलाई बलिउडले बडो प्रतिक्षाका साथ हेरेको छ । कारण हो डिसेम्बरमा प्रतिक्षित र आशा गरिएका दुई ठुला सिनेमा रिलिज हुदैछन ।

संजयलीला भन्साली निर्देशित ‘पद्मावती’ १ र २२ तारिखमा सलमान खान स्टारर ‘टाइगर जिन्दा हे’ रिलिज हुदैछन् । यी दुई सिनेमा निर्माण समय देखि नै निक्कै चर्चामा छन् ।

‘पद्मावती’को ट्रेलर, पोस्टर र एक गीत रिलिज भैसकेका छन् । सार्वजनिक सामाग्रीबाट यो सिनेमाले उम्दा प्रतिक्रिया पाईसकेको छ । त्यस्तै ‘टाइगर जिन्दा हे’ले पोस्टरबाटै निकै राम्रो हाइप बटुलेको छ ।

यी सिनेमा पर्खेर बसेका दर्शकलाई सुखद समाचार छ । ‘टाइगर जिन्दा हे’लाई पर्खेर बसेका दर्शकलाई ट्रेलरको घन्टी बजाईएको छ । अब, सिनेमाको ट्रेलर आउँदो मंगलबार रिलिज हुदैछ । अलि अब्बास जफरले निर्देशन गरेको यस सिनेमामा कट्रिना कैफ सलमानको अपोजिटमा छन् ।

 

त्यस्तै ‘पद्मावती’ टिमको फ्यानको लागि खुसिको खबर यस्तो छ । यो सिनेमालाई अमेरिकाको चर्चित हलिउड सिनेमा स्टुडियो ‘प्यारामाउन्ट’ले अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको । हलिउड स्टुडियोले बलिउड सिनेमा वितरण गर्न लागेको यो नै पहिलो पटक हो । अब ‘पद्मावती’लाई ‘प्यारामाउन्ट’ भारत बाहेक विश्वव्यापी वितरण गर्नेछ ।

 

यो सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण, साहिद कपूर र अदिति रोय हैदरीको मुख्य भूमिका छ ।