जनवरीमा अक्षय भर्सेज अक्षय सम्भावना कति ?

जनवरीमा अक्षय भर्सेज अक्षय सम्भावना कति ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आगामी वर्षको जनवरी महिना अहिले अक्षय कुमारका कारण चर्चामा छ । कारण, यो महिनामा अक्षय कुमार स्टारर २ सिनेमा एक आपसमा भिड्दैछन् ।

जनवरी २५ मा ‘२.०’ र २६ मा ‘प्याडम्यान’ आउने भएपछी यतिबेला बलिउड तरंगित बनेको छ । केहि दिन अगाडी मात्र अक्षयले आफ्नो ट्वीटर अकाउन्टबाट ‘प्याडम्यान’को अफिसियल डेट सार्वजनिक गरे ।

 

उता रजनिकांत र अक्षय स्टारर ‘२.०’ले पनि २५ को डेटबाट पछाडी नहट्ने अडान राखेको छ । भारतीय मिडियाका अनुसार ‘२.०’मा मेकरले २५ को डेटबाट आफु पछाडी नहट्ने बताएका छन् । ‘२.० ‘लाई विश्वव्यापी १० हजार हलमा रिलिज गर्ने ‘२.०’ को टार्गेट छ ।

पछिल्लो समय बक्सअफिसको सफलता शिखर चढेका अक्षयलाई दुई सिनेमा सँगै रिलिज हुँदा गाह्रो पर्ने देखिएको छ । ‘प्याडम्यान’ कम बजेटमा निर्माण भएको सिनेमा हो भने, ‘२.०’ भारतीय सिनेमा इतिहासकै सर्वाधिक बजेटको सिनेमा हो ।

भारतीय मिडियाले अक्षय भर्सेज अक्षयको यो लडाई रोमान्चक हुने अड्कल काटेका छन् ।