‘पद्मावती’ रिलिज डेट पोस्टपोन्ड, सेन्सरले हेरेन सिनेमा

‘पद्मावती’ रिलिज डेट पोस्टपोन्ड, सेन्सरले हेरेन सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडको प्रतिक्षित सिनेमा ‘पद्मावती’ अन्तत: झाँगिदो विवादले निर्धारित मितिमा रिलिज नहुने भएको छ । डिसेम्बर १ मा रिलिज हुने भनेको सिनेमाको नयाँ डेट छिट्टैनै सार्वजनिक गरिने भारतीय मिडियाहरुले बताएका छन् ।

राजपुतनको ऐतिहाँसिक कथालाई सत्यता विपरित सिनेमामा राखिएको आरोपमा निर्माण समयदेखिनै ‘पद्मावती’ विवादमा थियो । पछिल्लो सातालाई हेर्ने हो भने ‘पद्मावती’ विवादले उग्ररुप लिएको थियो ।

निर्देशक संजयलीला भन्सालीले ‘पद्मावती’मा राजपुतनको मर्यादामा आँच आउने कुनै पनि दृश्य सिनेमामा नरहेको पटक-पटक बताउँदै आएका थिए । तर, पनि राजपुतनहरु त्यतिकै रुक्नेवाला थिएनन् । त्यसैले सिनेमाको टिम सेन्सरको आशामा थियो । अन्तिम समयमा आएर सेन्सरले सिनेमानै नहेरी फर्काईदिए पछी ‘पद्मावती’को रिलिज डेट सरेको हो ।

यो सिनेमामा दीपिका पादुकोण रानी ‘पद्मिनी’को भूमिकामा छिन् । त्यस्तै, साहिद कपूर राजा ‘रत्नरावल’ र रणवीर सिंह ‘अलाउद्दीन खिलजी’को नेगेटिभ भूमिकामा छन् ।

यो पनि पढ्नुस:-

‘पद्मावती’ विरोध: डिसेम्बर १ मा भारत बन्द, भन्सालीको शिर काट्न आव्हान !

‘पद्मावती’ होला त रिलिज ? यस्ता छन् राजपुतनका माग !