‘पद्मावती’ ब्याण्ड हुँदा चार सिनेमाले उठाए फाइदा !

‘पद्मावती’ ब्याण्ड हुँदा चार सिनेमाले उठाए फाइदा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘बर्खा अन्डर माई लिप्टिक्स’लाई यस वर्षको सर्वाधिक कन्त्रोभर्सिमा पर्ने सक्ने सिनेमा भनि निर्माण टिमले ट्रेलरमै केहि केहि संवाद छोडेको थियो । तर, सिनेमा रिलिज भयो दर्शक, समिक्षकले सिनेमा रुचाए, हिट पनि भयो ।

सिनेमा ‘पद्मावती’को पक्षमा भने ठ्याक्कै उल्टो भयो । यसलाई निर्देशकले कन्ट्रोभर्सीमा ल्याउँन चाहन्थ्ये । तर, कन्ट्रोभर्सीले उग्ररुप लिएपछी बिग बजेटको ‘पद्मावती’ले घुडा टेक्न बाध्य भयो । आम भाषामा भन्नु पर्दा ‘पद्मावती’ ब्याण्ड भयो । डिसेम्बरमा १ मा यो सिनेमा रिलिज हुँदा कम बजेटका थुप्रै सिनेमा यो मितिमा आउँन चाहन्नथे । अब, भने चार बलिउड सिनेमाले आफ्नो पुर्वनिर्धारित डेटलाई हेरफेर गरेका छन् ।

नोभेम्बर २४ मा रिलिज हुने भनिएको कपिल शर्मा स्टारर ‘फिरंगी’ एकसाता पछाडी सर्दै ‘पद्मावती’को डेटमा पुगेको छ । त्यस्तै १५ डिसेम्बरलाई रिलिज मिति तोकेको ‘फुक्रे रिटन्र्स’ एक साता अगाडी डिसेम्बर ८ मा आईपुगेको छ । १५ मा रिलिज हुँदा एक साता मात्र हल पाउने देखिएपछी यो सिनेमा अगाडी सरेको । किनकी २२ डिसेम्बरमा सलमान खान र कट्रिना कैफ अभिनित ‘टाइगर जिन्दा हे’ प्रदर्शन हुदैछ ।

नवाजुद्दीन सिद्दिकी अभिनित ‘मनसुन सुटआउट’ले ८ तारिखबाट पछी हट्दै १५ डिसेम्बरलाई आफ्नो सहि रिलिज मिति मानेको छ । ‘फिरंगी’सँगै भिड्न लागेको ‘तेरा इन्तजार’ पनि एक साता पछी सर्दै पुन: ‘फिरंगी’सँगै डिसेम्बर १ मा रिलिज हुनेछ ।