यस्तो छ ‘हेप्पी न्यु ईयर’को ट्रेलर

यस्तो छ ‘हेप्पी न्यु ईयर’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘हेप्पी न्यु ईयर’को ट्रेलर रिलीज भएको छ । सिनेमा पुष १४ गतेबाट नेपालभरीका सिनेमा घरमा रिलीज हुनेछ । बिहिवार काठमाण्डौमा एक कार्यक्रम गर्दै निर्माण टिमले सिनेमाको अडियो गीत, मोसन पोस्टरका साथै रोमान्टीक एक्सन ड्रामा रहेको कलरफुल ट्रेलर पत्रकार र सिनेमाकर्मी माझ देखाइयो ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको सिनेमालाई रती थापाले निर्माण गरेकी हुन । सिनेमामा कुशल थापा, सन्ध्या केसी, पुकार गौतम, करण श्रेष्ठ क्रेजी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारले अभिनय हेर्न पाइने छ । सम्पुर्ण छाँयाकन अस्ट्रेलियामा गरिएको सिनेमालाई अस्ट्रेलियन नागरीक बेन्जामिन ड्रेकोले खिचेका हुन ।

बिनोद ढकाल, किरण माइकल र टंक बुढाथोकीले सिनेमामा संगीत दिएका छन । कार्यक्रममा बोल्दै सिनेमाका निर्माता तथा कलाकार कुशल थापाले सिनेमा अत्यन्तै राम्रो बनेकोले दर्शकले मन पराउने बताए ।