माई लभ: ‘ढल्यो ढल्यो’ गीत सार्वजनिक

माई लभ: ‘ढल्यो ढल्यो’ गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर २९ गते प्रदर्शन हुने सिनेमा ‘माई लभ’को स्याड भर्सन गीत सार्वजनिक भएको छ । ‘ढल्यो ढल्यो…’ बोलको गीतमा भूकम्प पछीको नेपाललाई चित्रण गरिएको छ ।

राज सागरको स्वर/संगीत रहेको गीतमा शुष्मा देवकोटाको शब्द छ । भने, गीतको भिडियोलाई नारायण जिसीले खिचेका हुन् । २०७२ सालको भूकम्पले निम्त्याएको परीघटनालाई सिनेमाले मुख्य विषयबस्तु बनाएको छ ।

जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको सिनेमामा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । र,  नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतो लगायतले पनि सिनेमामा अभिनय गरेका छन् ।