सलमानको सिनेमाबाट डेब्यु गर्दैछिन् मानुषी ?

सलमानको सिनेमाबाट डेब्यु गर्दैछिन् मानुषी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मिस वर्ल्ड बनेपछि मानुषी छिल्लरको बलिउडमा खुबै तारिफ भैरहेको छ । १७ वर्ष पछी भारतमा मिस वर्ल्डको ताज भित्र्याएकी मानुषीलाई आफ्नो सिनेमामा लिन अहिले बलिउड मेकरहरुको ताँती लागेको छ ।

किताब पढ्ने सोख राख्ने मानुषीले बलिउडमा इन्ट्री गर्नेबारे अहिले केहि पनि सोच बनाएकी छैनन् । यो वर्ष मात्र ४ महादिप घुम्ने प्लान गरेकी मानुषीले बलिउड डेब्युबारे अहिले नै केहि नबोल्ने बताए पनि केहि दिन अगाडी आमिर खानसँग सिनेमा खेल्न मन लागेको इछ्या व्यक्त गरेकी थिइन् ।

पछिल्लो जानकारी अनुसार सलमान खानले मानुषीलाई बलिउड इन्ट्री गराउने इछ्या राखेका छन् । स्रोत भन्छ सलमान उनलाई आफ्नै होमप्रोडक्सन ‘सलमान खान फिल्मस्’ या त आफैले अभिनय गर्ने सिनेमाबाट पनि डेब्यु गराउन सक्छन ।

सलमानलाई केहि अभिनेत्रीहरुले ‘गडफादर’ पनि मान्छन । बलिउडमा नयाँ प्रतिभालाई स्थान दिदै आईरहेका सलमानको सिनेमामा के मानुषीले अभिनय गर्लिन त ? सोनाक्षि सिन्हा, अथिया सेट्टी, ज़रिन खान, डेजी शाह, स्नेहा उल्लाह लगायतका अभिनेत्रीहरुलाई सलमानले डेब्यु गराईसकेका छन् ।

कोइमोईबाट