‘बटरफ्लाई’ ट्रेलरमा आर्यनका दुई रुप !

‘बटरफ्लाई’ ट्रेलरमा आर्यनका दुई रुप !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रियंका कार्की र आर्यन अधिकारी अभिनित सिनेमा ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक भएको छ । रोमान्स, प्रेम, द्वन्द, पिडा समावेश सिनेमाको ट्रेलर हेर्दा रोमान्टिक थ्रिलर लभस्टोरीको भान हुन्छ । ट्रेलरमा आर्यनका दुई रुप देखाईएको छ ।

ओम प्रतिक गुरुङको लेखन निर्देशन रहेको सिनेमामा आर्यन र प्रियंकाका अलावा अर्पण थापा, रबिन्द्र खड्का, सुष्मा कार्की, पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित, राम बुढाथोकी र माधव पण्डितको अभिनय छ ।

पुष २८ गते रिलिज हुने सिनेमामा सुरेश बज्राचार्यको छायाँकन, अर्जुन पोखरेल/विकाश चौधरी/दीपक शर्माको संगीत, अर्जुन जिसी/मन्दील श्रेष्ठको सम्पादन र कुमार महर्जनको द्वन्द छ । द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई – कलर्स अफ लभ’मा पुष्पाञ्जली अधिकारी (सख), रामशरण राना र भुपेन्द्र सुवेदीको लगानी छ ।