दीलिपलाई सबैले भन्छन् रे ‘गोरे गोरे गोरे’ !

दीलिपलाई सबैले भन्छन् रे ‘गोरे गोरे गोरे’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीर २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गोरे’को दुई वटा गीत सार्वजनिक गरिएको छ । शिर्ष र रोमान्टिक दुवै गीतमा अभिनेता दीलिप राईमाझी र अभिनेत्री अनु शाह फिचर्ड छन् ।

‘गोरे..’ बोलको टाइटल गीतमा विकाश चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र रंजितकुमार सहनीको स्वर छ । त्यस्तै ‘आफु भन्दा…’ बोलको रोमान्टिक गीतमा विकाश/शंकरकै संगीत/शब्द र जुना प्रशाई/विकाश चौधरीकै स्वर छ । दुवै गीतको भिडियो निर्देशन रवी कार्की र राम बुढाथोकीले गरेका हुन् ।

रमेशकुमार राईको निर्देशन रहेको सिनेमामा दीलिप र अनुका अलावा निर्देशक स्वयम्को पनि मुख्य भूमिका छ । सिनेमाका निर्माता सुर्य जिसी हुन् ।

https://youtu.be/7seG0oQu68I