सलमानले यो सिनेमाबाट डेब्यु गराउदैछन् आफ्ना ज्वाईलाई

सलमानले यो सिनेमाबाट डेब्यु गराउदैछन् आफ्ना ज्वाईलाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खान नयाँ प्रतिभालाई ब्रेक दिने अभिनेताको सुचिमा पर्छन । अथिया सेट्टी, सूरज पंचोली, डेजी शाह, जरिन खान लगायतका कलाकारलाई ब्रेक दिएर बाटो देखाईसकेका सलमान यसपटक भने आफ्नै ज्वाईलाई बलिउडमा डेब्यु गराउदै छन् ।

 

आयुष शर्मा सलमानकी बहिनि अर्पिता खानका पति हुन् । त्यसैले आफ्नै होमप्रोडक्सनबाट बन्ने सिनेमामा आफ्ना साखे ज्वाईलाई यसपटक ब्रेक दिन लागेका हुन् । यसअघि नै डेब्यु गराउने चर्चा भएपनि कुन सिनेमाबाट आयुषले अभिनय थाल्छन भन्ने तय भैसकेको थिएन । अन्तत: सलमानले डेब्यु सिनेमाको टुंगो लगाईदिएका छन् ।

ट्वीटरमा ट्वीट गर्दै सलमानले सिनेमाको नाम ‘लभरात्री’ जुराएका छन् । सलमान खान फिल्मसको व्यानरमा निर्माण हुने यो पाँचौ सिनेमा हो । यसअघि यो व्यानरबाट ‘डा. कबि’, ‘बजरंगी भाइजान’, ‘हिरो’ र ‘ट्युबलाईट’ निर्माण भैसकेका छन् । ‘लभरात्री’लाई अभिराज मिनावालाले निर्देशन गर्नेछन् ।