रानीको ‘हिच्की’ ट्रेलर

रानीको ‘हिच्की’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित ‘हिच्की’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा रानीलाई कमेडी टिचरको रुपमा प्रस्तुत गरिएको छ । रानी पछिल्लो पटक सिनेमा ‘मर्दानी’मा देखिएकी थिइन् । जुन सिनेमा बक्सअफिसमा एभरेज रह्यो ।

‘हिच्की’ले भने ओरालो लाग्दै गएको रानीको करियरलाई माथि उठाउने आशा गरिएको छ । कुनै समयकी नम्बर १ अभिनेत्री रानी विवाह बंधन पछी सिनेमामा कम देखिदै आएकी छन् । यसराज फिल्मसको व्यानरमा निर्माण भएको ‘हिच्की’मा रानीका पती आदित्य चोपडा सहनिर्माताको रुपमा छन् । आदित्य निर्देशित पछिल्लो सिनेमा ‘बेफिक्रे; बक्सअफिसमा असफल भएको थियो । २३ फेब्रुअरीमा रिलिज हुने ‘हिच्की’लाई सिद्धार्थ पी. मलहोत्राले निर्देशन गरेका हुन् ।