‘फुक्रे रिर्टन्स’को कलेक्सन सय करोड माथी

‘फुक्रे रिर्टन्स’को कलेक्सन सय करोड माथी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दुई साता अगाडी प्रदर्शनमा आएको बलिउड सिनेमा ‘फुक्रे रिर्टन्स’ले विश्वव्यापी सय करोड अर्थात १ अर्व माथिको ग्रस कलेक्सन गर्न सफल भएको छ । यसको घरेलु ग्रस ९३.२ करोड हुँदा विदेशबाट ८.७६ करोड ग्रस छ । दुई हप्ते ग्रस कलेक्सन १ सय १ दशमलव ७८ करोड पुर्याएको सिनेमाले आजदेखि भने ‘टाइगर जिन्दा हे’को सामना गर्नेछ ।

सिनेमाले दुई सातामा घरेलु बक्सअफिसमा ७३ करोड माथि नेट कमाएको छ । जसको पहिलो साताको नेट कलेक्सन ५०.३० करोड रह्यो । जम्मा २२ करोडको बजेटमा निर्मित सिनेमा बलिउडको सर्वाधिक (प्रतिशतमा) नाफा कमाउने सिनेमाको तेस्रो स्थानमा उक्लिएको छ । ५१ करोड नाफा कमाउँदा यसको नाफा २ सय ३२ प्रतिशत बढी हुन्छ । सर्वाधिक नाफा कमाउने सिनेमामा ‘बाहुबली २ (हिन्दी भर्सन)’, र ‘ट्वाइलेट एक प्रेमकथा’ क्रमस पहिलो र दोस्रो नम्बरमा छन् ।

मिर्घदीप लम्बा निर्देशित ‘फुक्रे रिर्टन्स’मा पुलकित सम्राट, मनजोत सिंह, अलि फजल, ऋचा चड्डा, वरुण शर्मा लगायतका कलाकारको अभिनय छ ।