चिन रिलिज हुँदै ‘बाहुबली २’, यस्ता छन् बक्स अफिस चुनौती

चिन रिलिज हुँदै ‘बाहुबली २’, यस्ता छन् बक्स अफिस चुनौती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतमा सर्वाधिक कमाई गरेको सिनेमा ‘बाहुबली २’ अब चिनमा पनि रिलिज हुने भएको छ । ‘सेक्रेट सुपरस्टार’, ‘दंगल’ र ‘बजरंगी भाइजान’को सफलता पछी ‘बाहुबली २’ले चिनमा रिलिजको मौका पाएको हो ।

सिनेमाको रिलिज डेट भने तय भैसकेको छैन । तर, चाइनिज सेन्सरले ‘बाहुबली २’लाई चिन प्रदर्शनको आज्ञा दिइसकेको छ । भारतीय मिडियाका अनुसार एसएस राजमौली निर्देशित सिनेमाको चिन रिलिज डेट छिट्टै सार्वजनिक गरिनेछ ।

प्रभास, राना डग्गुबती, अनुष्का शेट्टी, सत्यराज, तमन्नाह स्टारर सिनेमाले भारतीय बक्सअफिसमा १ हजार करोड भन्दा माथिको व्यापार गर्न सफल भएको थियो । सिनेमाले हिन्दी भर्सनमा मात्र ५११.३० करोड नेट कलेक्सन गरेको थियो । त्यस्तै विश्वव्यापी सबै भाषामा सिनेमाको कलेक्सन १७ सय करोड माथि छ । विश्वव्यापी कलेक्सनमा यो ‘दंगल’ पछीको सर्वाधिक हो । ‘दंगल’ले चिनसहित विश्वव्यापी २१ सय २२ करोड कलेक्सन गरेको छ ।

चिनमा ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ अगाडी: यसअघि भारतका ६ सिनेमा प्रदर्शन भैसकेका छन् । आमिर खानको ‘थ्री इडीइट्स’, ‘धूम ३’, ‘पिके’, ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ प्रदर्शन भैसकेका छन् । भने, सलमान खानको ‘बजरंगी भाइजान’ प्रदर्शनरत छ ।

यी सिनेमा मध्ये चिन बक्स अफिसमा ‘दंगल’को कलेक्सन धेरै छ । उसले त्यहाँ १९१.१५ मिलियन डलर (१२४४.०९ करोड भारु) कमाई गरेको छ । त्यस्तै ‘सेक्रेट सुपरस्टार’ले ११७.६६ मिलियन डलर (७६५.७९ करोड भारु) कमाई गर्न सफल भएको थियो । त्यस्तै प्रदर्शनरत ‘बजरंगी भाइजान’ले ३५.९० मिलियन डलर (२३३.६८ करोड भारु) कमाई गरिसकेको छ । ‘बाहुबली २’का लागि यी रेकर्ड अगाडी छन् । अब हेर्न बाँकी छ, ‘बाहुबली २’ले कुन-कुन रेकर्ड तोड्न सक्नेछ ?