ऋचाको ‘सुनकेसरी’ ट्रेलर रिलिज

ऋचाको ‘सुनकेसरी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पोस्टर र टिजर रिलिज पछी चर्चा कमाएको हरर सिनेमा ‘सुनकेसरी’को ट्रेलर रिलिज गरिएको छ ।

तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित सिनेमामा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ । सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको सिनेमालाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् ।

भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले झन्डै २ करोड बजेटमा निर्माण गरेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/विजय अधिकारीको संगीत, रह शर्माको छायाँकन र इयान स्कॉट क्लेमेंटको सम्पादन रहेको छ । सिनेमा जेठ ११ मा प्रदर्शन हुदैछ ।