विपिनको ‘हरि’ ट्रेलर रिलिज, प्रदर्शन मिति कम्फर्म

विपिनको ‘हरि’ ट्रेलर रिलिज, प्रदर्शन मिति कम्फर्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा ‘हरि’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमा ट्रेलर रिलिज गर्नु केहि दिन अगाडीनै हलमा सार्वजनिक गरिसकेको थियो ।

सफल केसी र प्रतिक गुरुङको लेखन/निर्देशन रहेको सिनेमाले रिलिज डेट जेठ ४ लाई तोकेको छ । सिनेमामा विपिनका अलावा सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्याम्हो, लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश गंदर्भ, राम भजन कमत र सुनिता बजगाईंको अभिनय छ ।

ट्रेलरमा विपिन भिन्न अवतारमा देखा परेका छन् । भने, पछिल्लो समय रिलिज सिनेमाका भन्दा भिन्न ट्रेलर बनाइएको छ ।

‘हरि’मा अर्जुन कार्कीको सम्पादन, चिन्तनराज भण्डारीको छायाँकन, जसोन कुँवरको संगीत र योगेश्वर पौडेल/थक्पा तामाङ/माधव थापाको लगानी छ ।

https://youtu.be/ladYWMXx53s