आईपीएलमा १५ मिनेट नाच्न रणवीरले लिए ५ करोड

आईपीएलमा १५ मिनेट नाच्न रणवीरले लिए ५ करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह अहिले जोया अख्तरको ‘गली व्वाय’मा व्यस्त छन् । त्यस लगतै उनि रोहित सेट्टीको नयाँ सिनेमा ‘सिम्बा’मा व्यस्त हुनेछन ।

यसका साथै रणवीरले यसपटकको आईपीएल सिजनको ‘ओपनिङ सेरोमोनि’मा प्रस्तुति दिने भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार १५ मिनेटको उक्त प्रस्तुतिका लागि रणवीरले ५ करोड भारु पारिश्रमिक लिएका छन् ।

स्रोतले भन्छ यसपटकको आईपीएलमा एउटा राम्रो प्रस्तुति दिने कलाकारको खोजि भैरहेको थियो । जसको राम्रो फ्यान फ्लोविङ पनि होस् । र, आयोजकले रणवीरलाई नै उचित कलाकार ठान्यो । अन्तत: रणवीरले पनि आफ्नो बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै ५ करोड पारिश्रमिक लिए ।

अब ७ अप्रिलबाट सुरु हुने आईपिएलमा रणवीरको लाइभ प्रस्तुति हेर्न सकिनेछ । रणवीर कबिर खानको सिनेमा ’८३’मा पनि अनुबधित भैसकेका छन् । भर्खरै मात्र ‘पद्मावत’ ब्लकबस्टर दिएका रणवीर पछिल्लो पुस्ताका नम्बर १ अभिनेता हुन् ।