अमिताभ र ऋषिको ‘१०२ नटआउट’ ट्रेलर रिलिज

अमिताभ र ऋषिको ‘१०२ नटआउट’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चामा रहेको बलिउड सिनेमा ‘१०२ नटआउट’को ट्रेलर रिलिज गरिएको छ । अमिताभ बच्चन र ऋषि कपूर स्टारर सिनेमा बाबु-छोराको कथा हो ।

सिनेमामा अमिताभ बाबु र ऋषि छोराको भूमिकामा छन् । अमिताभको उमेर १०२ वर्ष हो भने, ऋषि ७५ वर्षीय हुन् । यी दुई सुपरस्टार २७ वर्ष पछी एकै सिनेमामा देखा परेका हुन् । यसअघि यी दुईले सँगै ‘नसिब’, ‘अमर अकबर एन्थोनी’ र ‘कभी कभी’जस्ता सिनेमामा काम गरिसकेका छन् ।

उमेश शुक्ला निर्देशित ‘१०२ नटआउट’लाई गुजराती लेखक सौम्या जोशीले लेखेका हुन् । यो फिल्मका निर्देशकले यसअघी ‘ओ माई गड’ र ‘अल ईज वेल’ निर्देशन गरिसकेका छन् । सिनेमा ४ मेमा रिलिज हुदैछ ।