द सिनेमा टाइम्स, काठमाडौँ – टाइगर श्रोफ स्टारर सिनेमा ‘बाघी २’ले भारतीय बक्सअफिसमा तुफान मच्चाएको छ । सिनेमाको पहिलो दिनको कलेक्सन अनुमान गरिए भन्दा धेरै माथि रह्यो ।
वर्षको उत्कृष्ट ओपनिङ गर्ने ‘पद्मावत’लाई पछी पार्दै सिनेमाले पहिलो दिन २५.१० करोड कमाई गर्यो । सिनेमाले पहिलो दिन धेरैमा १२ देखि १५ करोड बीच कमाई गर्ने बलिउड ट्रेड एनालिस्टहरुको अनुमान थियो । तर, आश्चर्यमा पार्दै सिनेमाले बर्षकै उत्कृष्ट ओपनिङ गर्न सफल भयो । स्मरण रहोस: ‘पद्मावत’ले पेड प्रिभ्यु ५ करोडसहित पहिलो दिन २४ करोड कमाई गरेको थियो ।
२०१८ को पहिलो तिन महिना रिलिज भएका अक्षय कुमार, अजय देवगण, रणवीर, दीपिका, साहिदका सिनेमा पनि ‘बाघी २’ भन्दा पछाडी परे ।
त्यस्तै सिनेमाले दोस्रो दिन २०.४० करोड कमाई गरेको छ । ६० करोडको बजेटमा निर्माण भएको ‘बाघी २’ले विकेन्डमै लगानी सुरक्षित गर्ने लयमा देखिएको छ । अब सिनेमाको दुई दिने कलेक्सन ४५.५० करोड पुगेको छ ।
अहमद खान निर्देशित सिनेमाले समिक्षक र दर्शकबाट पनि राम्रै प्रतिक्रिया पाएको छ । सिनेमामा टाइगरका अलावा दिशा पटानी, रणदीप हुडा र मनोज बाजपाईको मुख्य भूमिका छ ।


प्रतिक्रिया