द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘रेस ३’ अहिले सर्वाधिक चर्चामा छ । सिनेमाका रिलिज पोस्टरले नै हाइप उच्च बनाइदिएको छ ।
त्यसैले सिनेमाले प्रदर्शन अगावै लगानी सुरक्षित गरेर राम्रै नाफा कमाउने सङ्केत देखिएको छ । ‘रेस ३’ले सम्पूर्ण राइटबाट लगभग ३ सय करोड उठाउने सम्भावना छ । पछिल्लो खबर अनुसार सिनेमाको थियट्रिकल राइट १ सय ४० करोडमा बिक्रि भएको छ । निर्माता रमेश तौरानी यसको थियट्रिकल राइट १ सय ५० करोडमा बेच्न चाहन्थ्ये । तर, वितरकसँगको समझदारीमा १ सय ४० करोडमा राइट तय गरिएको बताइएको छ । स्मरण रहोस सलमानको ‘टाइगर जिन्दा हे’को थियट्रिकल राइट १ सय ३० करोडमा बिक्रि भएको थियो ।

त्यस्तै यो सिनेमाको स्याटेलाइट राइट पनि १ सय ४० करोड आसपासमा बिक्रिको लागि निर्माता तौरानीले कुरा गरिरहेका छन् । म्युजिक र डिजिटल राइटबाट पनि सिनेमाले राम्रै रकम पाउने भारतीय मिडियाहरुले लेखेका छन् ।
यसअर्थमा सिनेमाले प्रदर्शन पुर्वनै ३ सय करोड भन्दा बढी कमाई गर्न सक्छ । अहिलेको सिनेमाको अन्तिम सेड्युलको छायाँकन चलिरहेको छ ।
रेमो डीसुजा निर्देशित सिनेमामा सलमानका अलावा अनिल कपूर, बबी देवल, ज्याक्लिन फर्नान्डिज, सकिब सलिम लगायतका कलाकारको अभिनय छ । सिनेमा जुन १५ मा रिलिज हुदैछ ।


प्रतिक्रिया