टाइगरको दमदार शतक !

टाइगरको दमदार शतक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘हिरोपन्ती’ डेब्यु हिरो टाइगर श्रोफले सय करोड क्लबमा इन्ट्री मारेका छन् ।

प्रदर्शनरत ‘बाघी २’ उनको नाममा पहिलो सय करोड कमाउने सिनेमा बनेको छ । वर्षकै उत्कृष्ट ओपनिङ गरेको सिनेमाले जम्मा ६ दिनमा सय करोड क्लबको यात्रा तय गर्यो । पहिलो दिन २५.१० करोड, दोस्रो दिन २०.४० करोड, तेस्रो दिन २७.६० करोड, चौथों दिन १२.१० करोड, पाँचौं दिन १०.६० करोड र छैटौं दिन ९.१० करोड कमाई गर्दै सिनेमाको आँकडा टोटल १०४.९० करोड पुगेको छ ।

२०१८ मा रिलिज भएका सिनेमा मध्ये यो तेस्रो सिनेमा हो । जसले सय करोड भन्दा माथिको व्यापार गर्न सफल भयो । यसअघि ‘पद्मावत’ र ‘सोनु के टिटू कि स्विटी’ले यो सफलता हात पारिसकेका छन् । भने, प्रदर्शनरत ‘रेड’ सय करोडको नजिक पुगेको छ ।

६० करोड बजेटमा निर्माण भएको ‘बाघी २’लाई अहमद खानले निर्देशन गरेका हुन् । समिक्षक र दर्शकबाट रुचाइएको सिनेमाले १ सय ५० करोड माथिको व्यापार गर्न सक्ने अनुमान काटिएको छ । यो सिनेमामा टाइगरका अलावा दिशा पटानी, रणदीप हूडा र मनोज बाजपाईको मुख्य भूमिका छ ।