सलमानलाई ५ वर्षको जेल सजाय, जेलमा कडा सुरक्षा र तयारी

सलमानलाई ५ वर्षको जेल सजाय, जेलमा कडा सुरक्षा र तयारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २० वर्ष पुरानो कालो हरिण शिकार मुद्दामा सलमान खान दोषी ठहरिएका छन् । जोधपुरको सीजेएम कोर्टले सलमानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ ।

सन् १९९८ जोधपुरमा सिनेमा ‘हम साथ साथ हे’को छायाँकनको क्रममा सिनेमाका स्टारकास्टविरुद्द कालो हरिण शिकारको केस दर्ता गरिएको थियो । सिनेमाका अन्य आरोपिहरु सैफअलि खान, तब्बू, निलम र दुष्यंतललाई भने अदालतले छोडदिएको छ ।

सलमानका वकिलले २ वर्षको जेल सजाय माग गरेका थिए । त्यस्तै सरकारी वकिलले ६ वर्षको सजाय माग गरेका थिए । अन्त्यमा सलमानलाई ५ वर्षको सजाय सुनुवाई भएको हो । बिश्नोई कम्युनिटीले सलमानको कालो हरिण शिकारको केस दर्ता गरेको थियो ।

बिश्नोई कम्युनिटीले दुर्लभ प्रजातिको कालो हरिणलाई संरक्षण गर्दै आइरहेको छ ।

पछिल्लो अपडेट अनुसार सलमानलाई मेडिकल चेकका लागि लिइएको छ । त्यसपछि जोधपुर सेन्ट्रल जेलमा लगिनेछ । जोधपुर जेलका डीआईजी विक्रम सिंहले फैसलालाई मध्येनजर गर्दै जेलमा सबै सुरक्षा र तयारि सकिएको जानकारी दिएका छन् ।

बाथरूम राम्रो अवस्थामा छ । अन्य कैदीलाई जस्तै खाना सलमानलाई पनि दिइनेछ ।