सलमान बिना प्रभावित हुनेछन् यी ठुला प्रोजेक्ट, अर्बौ डुब्न सक्ने

सलमान बिना प्रभावित हुनेछन् यी ठुला प्रोजेक्ट, अर्बौ डुब्न सक्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कालो हरिण शिकारको आरोपी सलमान खानलाई जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको सजाय सुनुवाई गरिसकेको छ ।

५ वर्षको लागि जेल चलान भएका सलमानलाई यो निर्णयले थुप्रै घाटा लाग्ने देखिएको छ । यो खबरले सलमानका करोडौ फ्यानलाई दुखि तुल्याएको छ । भने, प्रोफेशनल प्रोजेक्ट रोकिन सक्नेछन । साथै, सलमानको अर्वौ पैसा फस्न सक्नेछ । अझै सलमानको लागि उच्च अदालतसम्म पुगेर लड्न सक्ने बाटो छ । जसले सलमानलाई जमानत मिल्न सक्छ ।

यो समयमा सलमान थुप्रै प्रोजेक्टसँग आवद्द थिए र कतिमा आवद्द हुने तयारीमा थिए । अहिलेलाई यो फैसलाले सलमानलाई व्यावसायिक नोक्सान त नहोला तर उनको छवीमा ठुलो धक्का लागेको छ । जान्नुस सलमानको एस सजायले कसरि व्यापारमा प्रभाव पर्नेछ ।

रेस ३

सलमान यति बेला ‘रेस ३’को छायाँकनमा व्यस्त थिए । रेमो डिसुजाको निर्देशनमा बनिरहेको सिनेमा अहिलेका लागि रोकिएको छ । सय करोड भन्दा माथिको बजेटमा निर्माण हुँदै गरेको सिनेमामा सलमानको मुख्य भूमिका छ ।

भारत

सलमान ‘भारत’ नामको एक सिनेमा पनि गर्दैछन् । जो कोरियन सिनेमा ‘आड टू माई फादर’को हिन्दी रिमेक हुनेछ । यदि सलमानले लामो सजाय भोगे भने यो प्रोजेक्ट पनि पूर्णरुपमा प्रभावित हुनेछ । यो सिनेमालाई अलि अब्बास जफरले निर्देशन गर्दैछन् ।

भारि बजेटमा निर्माण हुने सिनेमा जुन देखि छायाँकनमा जाने तयारिमा रहेको थियो ।

दबंग ३

सलमान खान स्टारर सिरिज यहिँ वर्षको अन्तिम तिरबाट छायाँकनमा जाने सम्भावना छ । तर, सलमान बिना ‘दबंग ३’ सम्भव छैन ।

किक २

घोषणा भैसकेको ‘किक २’मा पनि सलमानकै मुख्य भूमिका रहनेछ । ५ वर्षे जेल सजायले ‘किक २’ पनि प्रभावित बन्नेछ ।

बिग बोस १२

चर्चित रियालिटी शोको १२ औं संस्करण अक्टुबरबाट सुरु हुदैछ । यदि सलमानको सजाय कायमै रह्यो भने यो शोको लागि नयाँ होस्ट खोज्नु पर्ने हुन्छ । स्मरण रहोस सलमानले यो शोको लागि ११ करोड पारिश्रमिक लिने गरेका छन् ।

सलमानलाई ५ वर्षको जेल सजाय, जेलमा कडा सुरक्षा र तयारी