२६ वर्षपछी अनिल र माधुरीलाई एक्सन-कट भन्दै कुमार

२६ वर्षपछी अनिल र माधुरीलाई एक्सन-कट भन्दै कुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – १८ वर्ष पछी अभिनेता अनिल कपूर र अभिनेत्री माधुरी दिक्षितले सँगै सिनेमा गर्ने भएका छन् । इन्द्र कुमारले निर्देशन गर्ने नयाँ सिनेमा ‘टोटल धमाल’का लागि यी दुई सुपरस्टार फाईनल भएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् ।

उसो त निर्देशक कुमारले पनि यी दुई कलाकारसँग २६ वर्ष पछी काम गर्न लागेका हुन् । सन् १९९२ को हिट सिनेमा ‘बटा’ पश्चात अनिल र माधुरीसँगै कुमारको टिमअप भएको थिएन । त्यस्तै सन् २००० मा रिलिज भएको ‘पुकार’ पछी यी दुई कलाकारलाई दर्शकले एउटै फ्रेममा देख्न पाएका थिएनन् ।

निर्देशक कुमारले भने ‘बेटा’ पश्चात १२ सिनेमा निर्देशन गरिसकेका छन् । ति मध्येको ‘धमाल’ सिरिज कुमारको सर्वाधिक लोकप्रिय र सफल सिनेमा हो । पछिल्लो समय कुमार कमेडी सिनेमा निर्देशन गरिरहेका छन् । यसअघिको सिनेमा ‘ग्रेट ग्राण्ड मस्ती’ भने बक्स अफिसमा सुपरफ्लप भएको थियो ।

‘टोटल धमाल’ सन् २००७ मा रिलिज भएको ‘धमाल’ सिरिजको तेस्रो इन्स्टलमेन्ट हो । २०११ मा प्रदर्शित दोस्रो भाग ‘डबल धमाल’ले बक्स अफिसमा धमाल नै गरेको थियो । त्यसैको सफलतालाई क्यास गर्न कुमारले ‘टोटल धमाल’ निर्देशन गर्न लागेका हुन् । सिनेमाको सुटिङ मुम्बईबाट सुरु भैसकेको छ । सिनेमामा अनिल र माधुरी पति-पत्नीको भूमिकामा देखिदै छन् ।

यो सिनेमामा अर्जून र माधुरीका अलावा अजय देवगण, रितेश देशमुख, अर्षद वार्सी, जावेद जफ्री, निहारिका राइजादाको मुख्य भूमिका रहनेछ । यहिँ वर्षको डिसेम्बर ७ मा रिलिज गर्ने लक्ष्य राखिएको सिनेमामा हिमेश रेशमियाको संगीत रहनेछ ।