‘काले दाई’को राइफलको सिरानी रिलिज

‘काले दाई’को राइफलको सिरानी रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली कथानक सिनेमा ‘काले दाई’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राइफलको सिरानी’ बोलको गीत लोकलयमा निर्माण गरिएको छ ।

सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा धुर्व विश्को/शमिहा श्रेष्ठको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतमा इंद्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।

गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको सिनेमालाई शिव शर्माले निर्देशन गरेका हुन् । सिनेमामा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम/रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । सिनेमाको प्रदर्शन मिति हालमा तय भैसकेको छैन ।