‘हैरान’को ‘हिरो’ सार्वजनिक !

‘हैरान’को ‘हिरो’ सार्वजनिक !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कान्छा निर्देशक सौगात विष्ट निर्देशित दोस्रो सिनेमा ‘हैरान’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘हिरो’ बोलको गीतमा सिनेमाका कलाकारद्वय गजित बिष्ट, निश्मा घिमिरे, बुद्दी तामाङ, सागर लम्साल र पुस्कर रेग्मी फिचर्ड छन् ।

गीतमा राजन इशानको संगीत/स्वर र गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । आफुलाई हिरो मान्ने पात्रको मनोभावलाई प्रस्तुत गरिएको गीतमा गम्भीरकै शब्द लेखन रहेको छ । उनले सिनेमाको कथा अनुसारको गीत लेखेको बताएका छन् ।
जेठ ४ गते रिलिज हुने सिनेमामा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ ।

डान्स फेभरको ब्यानरमा निर्मित सिनेमामा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

सिनेमामा कथा तथा कोरियोग्राफीमा गम्भीर विष्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । सिनेमामा निरज कडेलको छायाँकन रहेको छ भने उनलाई नवराज उप्रेतीले एसिस्ट गरेका छन् । साथै यसमा अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।