anmol jasita

जन्मदिनमा पूजाको ‘रामकहानी’ गीत उपहार

जन्मदिनमा पूजाको ‘रामकहानी’ गीत उपहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज मिति बैशाख १७ गते अभिनेत्री पूजा शर्माको जन्मदिन परेको छ । यहिँ जन्मदिनको अवसरमा पूजाले दर्शकलाई उपहारस्वरूप ‘रामकहानी’ सिनेमाको पहिलो गीत सार्वजनिक गरेकी छन् ।

‘तिम्रो लागि म छु…’ बोलको गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईले कम्मर मर्काएका छन् । स्मरण रहोस गत वर्ष रिलिज ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज’ बोलको गीत पनि पूजाले अघिल्लो जन्मदिनको अवसरमै सार्वजनिक गरेकी थिइन् । जुन गीत सुपरहिट बनेको थियो ।

अर्जुन पोखरेल शब्द/संगीतमा बनेको गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । गीतमा कोरियोग्राफी भने कविराज गहतराजले भरेका छन् । गीतलाई धुर्मुस-सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा छायाँकन गरिएको हो ।

सुदर्शन थापा निर्देशित सिनेमामा पूजासँगै सुदर्शनको पनि लगानी छ । माथि उल्लेखित कलाकारका अलावा सिनेमामा रविन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, शोभित बस्नेत लगायतका कलाकारको अभिनय छ । सिनेमा यहिँ वर्षको भदौ २२ मा रिलिज हुदैछ ।