anmol jasita

‘बेबी आइ लभ यू’को वियोगान्त गीत रिलिज

‘बेबी आइ लभ यू’को वियोगान्त गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जेठ १८ गते रिलिज हुने सिनेमा ‘बेबी आइ लभ यू’को वियोगान्त गीत रिलिज भएको छ ।

‘सायद तेरो मेरो’ शिर्षकको गीतमा सन्तोष खड्की र पूजा तिवारीको प्रेमभावलाई देखाएको छ । गीतमा मुख्य कलाकार सन्तोषकै संगीत/स्वर छ ।

जनक पाण्डे निर्देशित सिनेमामा सन्तोष र पूजाका अलावा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी, किरण के शर्मा, र कार्टुन क्रुजको अभिनय छ ।

शिव न्यौपानेले निर्माण गरेको सिनेमाका सहनिर्मातामा सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् । सन्तोषकै कथा रहेको सिनेमामा जनक पाण्डेको पटकथा/संवाद, सुजन बादलको सम्पादन छ ।