‘लिलिबिली’को वियोगान्त गीत रिलिज

‘लिलिबिली’को वियोगान्त गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदर्शनरत सिनेमा ‘लिलिबिली’मा समावेश स्याड भर्सनको गीत सार्वजनिक भएको छ । ‘केहि बाँकी…’ बोलको गीतमा प्रदीप खड्का र जसिता गुरुङविचको प्रेमपिडा प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा बबिनबिक्रम अधिकारीको शब्द, एलिस कार्कीको संगीत र सन्नी सुनामको स्वर छ ।

चैत ३० गते प्रदर्शनमा आएको ‘लिलिबिली’ले भर्खरै सार्वजनिक डीसिने अवार्डको धेरै जस्तो विधामा मनोनित छ । त्यस्तै साता अगाडी सम्पन्न भएको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा यसले मुख्य ४ विधामा अवार्ड जितेको थियो ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’मा प्रदीप र जसिताका अलावा अनुपबिक्रम शाही, प्रियंका कार्की, सविन श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।