‘बाहुबली २’को दयनीय व्यापार

‘बाहुबली २’को दयनीय व्यापार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भारतको सर्वाधिक ग्रसर सिनेमा ‘बाहुबली २’ले चाइनिज बक्स अफिसमा लगातार कमजोर व्यापार गरिरहेको छ ।

यसअघि विश्वकै दोस्रो ठुलो मार्केट चिनमा रिलिज भएका हिन्दी सिनेमाहरुले गरेको व्यापार मध्ये सबै भन्दा कमजोर ‘बाहुबली २’को छ । यसै शुक्रबार चिन रिलिज भएको सिनेमाले पाँच दिनमा जम्मा ९.३८ मिलियन अर्थात ६३.१९ करोड भारु ग्रस कलेक्सन गर्न सफल भयो ।

सिनेमाले पहिलो दिन २.४३ मिलियन डलर १६.२४ करोड भारु ग्रस कमाएको थियो । यो सलमान खानको ‘बजरंगी भाइजान’को भन्दा केहि बढी हो । तर, ‘हिन्दी मिडियम’, ‘सेक्रेट सुपरस्टार’ र ‘दंगल’को भन्दा निक्कै कम हो । ‘बजरंगी भाइजान’ले २.२४ मिलियन डलर अर्थात १४.६१ करोड भारुको ओपनिङ गरेको थियो ।

पहिलो, दोस्रो र तेस्रो दिन लगभग एकै रेसमा कलेक्सन गरेको ‘बाहुबली २’को त्यसपछीको कलेक्सनलाई बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले दयनीय भनेका छन् । पहिलो विकेन्डमा ५१.२० करोड भारु कलेक्सन गरेको सिनेमाले बाँकी दुई दिनमा १२ करोड जति मात्र कमाउन सक्यो ।

यहिँ रेसमा कमाई भयो भने ‘बाहुबली २’लाई चाइनिज बक्स अफिसमा भारु सय करोडको आँकडा छुन पनि धौ-धौ पर्ने देखिन्छ । किनकी आगामी शुक्रबार चाइनिज बक्स अफिसमा ‘एभेन्जर्स: इन्फिनिटी वार’ रिलिज हुदैछ । विश्वव्यापी रेकर्ड तोड कमाई गरिरहेको एभेन्जर्सले चिनमा पनि धमाका मच्चाउने अनुमान गरिएको छ ।

यी पनि पढ्नुस

‘सेक्रेट सुपरस्टार’लाई ५ सय करोड, सर्यो रानीको ‘हिच्की’ !

चिन रिलिज: दुई सातामा कति कमायो ‘बजरंगी भाइजान’ले ?

चिनमा सलमानको राम्रो सुरुवात, तर…!

सलमानलाई पछी पार्दै चिनमा चम्किए इरफान !