‘पद्मावत’ पछि दीपिकाको हातमा छैनन् सिनेमा

‘पद्मावत’ पछि दीपिकाको हातमा छैनन् सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संजयलीला भन्सालीको निर्देशनमा बनेको दीपिका पादुकोण स्टारर सिनेमा ‘पद्मावत’ले विश्वव्यापी ५ सय करोड बढी कलेक्सन गरिसकेको छ । ‘पद्मावत’ दीपिकाले पछि विशाल भारद्वाजको निर्देशनमा बन्ने एक ग्याङस्टर ड्रामा साइन गरेकी थिइन । तर, को-स्टार इरफान खानको बिग्रदो स्वास्थ्यले गर्दा सिनेमा निर्माणनै स्थगित भयो । यो सिनेमाको अलावा दीपिकाले अहिलेसम्म कुनै पनि सिनेमा साइन गरेकी छैनन् ।

दीपिकाले कुनै पनि सिनेमा साइन नगर्नुको पछाडी अनेक अनुमान लगाइएका छन् । कोहि यो पनि भनिरहेका छन् की दीपिका विवाहलाई लिएर समय खालि राखिरहेकी छन् । कोहि उनको घाटी र ढाड दुखाईलाई पनि यसको कारक मानिरहेका छन् । तर, पछिल्लो रिपोर्ट अनुसार कारण केहि फरक छ ।

एक भारतीय पोर्टलले लेखेअनुसार उनको घाटी र ढाडको समस्याले उपचारमा व्यस्त छिन् । र उनको स्वास्थ्यमा छिट्टै सुधार आउने छ । जहाँ विवाहको कुरा छ, यसले दीपिकाको करियरमा कुनै प्रभाव पार्नेवाला छैन । दीपिकाले अन्य कुनै प्रोजेक्ट साइन नगर्नुको अर्को कारण, उनि राम्रो भूमिकाको प्रतिक्षामा छिन् । खबरका अनुसार दीपिका कुनै राम्रो भूमिकाको खोजिमा छन् । त्यसैले जति पनि आएका अफरहरु रिजेक्ट गरेर बसिरहेकी छन् ।

Pic: Google