IPL Final: सलमानदेखि माधुरीसम्मले दिनेछन् मनोरंजन

IPL Final: सलमानदेखि माधुरीसम्मले दिनेछन् मनोरंजन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भिबो आइपिएल २०१८ अन्तर्गतका समुह चरणका खेलहरु सकिएका छन् । अब सबैको ध्यान आइपिएल उपाधि तर्फ मोडिएको छ । यसपटकको प्लेअफमा हैदराबाद, चेन्नई, कलकत्ता र राजस्थान पुगेका छन् । भने, समुह चरणबाटै बेंगलोर, दिल्ली, मुम्बई र पंजाव बाहिरिसकेका छन् ।

प्लेअफका चार टिम मध्ये २ टिमले फाइनलमा स्थान बनाउने छन् । यसको लागि अहिलेदेखि नै तयारी गरिएको छ । यसपटकको आइपिएल फाइनलमा बलिउडका सुपरस्टार पनि जोडिने भएका छन् । पछिल्लो रिपोर्टका अनुसार आइपिएल फाइनल सुरु हुनु भन्दा २ घण्टा पहिले बलिउडकर्मीको साथमा ‘क्रिकेट फाइनल पार्टी तो बन्ति हे’ नामक कार्यक्रम लाइभ हुनेछ । जहाँ सलमान खान, अनिल कपूर, ज्याक्लिन फर्नान्डिज, करीना कपूर खान, सोनम कपूर अहुजा, रवि दुबे, गौरव सरीन, आकृति शर्मा, देशना दुगडले मनोरंजन दिने छन् । यो दुई घण्टाको कार्यक्रमलाई अभिनेता रनबिर कपूरले होस्ट गर्नेछन् ।

२७ मेमा हुने फाइनल खेल ६ भाषामा बिभिन्न टिभी च्यानलबाट प्रशारण हुनेछ । मराठी भाषाको प्रत्यक्ष प्रशारणमा माधुरी दिक्षितले दर्शकलाई मनोरंजन दिने छिन् । त्यस्तै ‘क्रिकेट फाइनल पार्टी तो बन्ति हे’मा जोन अब्राहम स्टारर ‘परमाणु’को टिम प्रमोसनको लागि उत्रिनेछ । जहाँ जोनको उपस्थितिको बारे खुलाइएको छैन ।