सलमानको ‘भारत’मा यी तीन अभिनेत्री फाइनल

सलमानको ‘भारत’मा यी तीन अभिनेत्री फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘भारत’मा तबू फातिमा हास्मी पनि जोडिएकी छन् । सिनेमाका निर्देशक अलि अब्बास जफरले ट्वीट मार्फत जानकारी दिएका छन् ।

सन् २०१९ को इदमा रिलिज हुने सिनेमामा यसअघिनै  प्रियंका चोपडा, दिशा पटानी र कमेडियन  सुनिल ग्रोभर  फाइनल भैसकेका थिए । तबू  र सलमानले ‘भारत’ भन्दा अगाडी केहि सिनेमामा सँगै काम गरिसकेका छन् । त्यस्तै सलमानको अपोजिट प्रियंका १० वर्ष पछि जोडिन लागेकी हुन् । सिनेमामा तबूको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

विशाल डादलानी र शेखर रभ्जियानीको संगीत रहने सिनेमामा इर्षद कमिलको शब्द सिर्जना रहनेछ । कमिलको शब्दमा विशालले ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’मा संगीत भरिसकेका छन् ।