anmol jasita

आफन्त नभए बलिउडमा डेब्यु गाह्रो छ – प्रियंका चोपडा

आफन्त नभए बलिउडमा डेब्यु गाह्रो छ – प्रियंका चोपडा

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री प्रियंका चोपडा सलमान खानसँग सिनेमा ‘भारत’बाट कमब्याक गर्दै छिन्  । बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाइसकेकी प्रियंकाको आफ्नै प्रोडक्सन हाउस पर्पल पिबल पिक्चर्स पनि संचालनमा छ ।

आजको दिनसम्म प्रियंकाले ठुलो सफलता हात पारेसकेकी छन् । तर, करियरको सुरुवातीमा यी अभिनेत्रीले काफी स्ट्रगल गर्नु परेको थियो । हालसालै दिएको एक अन्तरवार्तामा प्रियंकाले आफ्नो सुरुवाती दिनको बारेमा केहि रहस्य खुलाइन । उनले भनिन् ‘जब मैले १५ वर्ष पहिले बलिउडमा पाइला चाल्दै थिए, त्यसबखत यहाँ जसको पनि कोहि काका थिए । कोहिको छोरी थिए ।’ उनले थपिन ‘यदि तपाई सिनेमा ब्याकग्राउण्डबाट  हुनु हुन्न भने तपाईलाई ठुला प्रोडक्सन हाउसबाट सिनेमा खेल्न एकदमै मुस्किल पर्नेछ।’

मिस वर्ल्ड जितेपछि प्रियंकालाई केहि सहज भने भएको थियो । तर, पनि सुरुवाती पलमा केहि नसोचेका समस्या झेल्नु पर्यो । उनले अगाडी भनिन ‘जब मैले बलिउडमा करियरको सुरुवात गरे, त्यतिबेला मैले यहाँ कसैलाई चिन्थेन । हर व्यक्तिका कोहि न कोहि  आफन्तहरु थिए । यस्तोमा आफ्नो ठाउँ बनाउन सार्है मुस्किल थियो । जब मलाई सिनेमाको अफर आउथ्यो, त्यतिबेला डर हुन्थ्यो की अन्तिममा गएर मलाई सिनेमाबाट आउट त गर्दैनन् ?’

सन् २००२ मा अब्बास मस्तानको फिल्म ‘हमराज’मा प्रियंकालाई अफर गरिएको थियो । तर, अन्तिम समयमा आएर बिभिन्न कारण देखाई उनलाई सिनेमाबाट निकालिएको थियो । पछि गएर प्रियंकाले २००३ मा ‘द हिरो’बाट बलिउड डेब्यु गरेकी थिइन् । उनि राम्रो प्रतिभा भएको व्यक्तिले सजिलै सिनेमा पाउने पर्ने अडान राख्छिन । बलिउडको नाताबादले गर्दा नै आफ्नै प्रोडक्सन हाउस संचालनमा ल्याएकी प्रियंकाले नयाँ प्रतिभालाई स्थान दिँदै आइरहेकी छन् ।

PIC: Google